Listen LIVE

कक्षा १२ उत्तिर्ण गर्ने विद्यार्थीलाई बधाई तथा सम्मान

नेपालगञ्ज : नेपालगञ्ज युनाइटेड स्कुलले कक्षा १२ उत्तिर्ण गर्ने विद्यार्थीलाई आज एक कार्यक्रमका बीच सम्मान गरेको छ । स्कुलले उत्तिर्ण विद्यार्थीको उज्जवल भबिष्यको कामना गर्दै थप प्रगति र उनीहरुको लगनशीलताको कदर गर्दै सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर १२ का वडाध्यक्ष तरुण बज्राचार्यले भोलीको देश निर्माणको जिम्मेवारी सम्मानित विद्यार्थीहरुको हुने बताए । विद्यार्थी राष्ट्र निर्माणको मेरुदण्ड रहेको भन्दै उनले भोली देशको नेतृत्वमा विद्यार्थी बर्गलाई देख्न चाहेको जिकिर गरे । विभिन्न बिषयमा विद्यार्थीसँग हातेमालो गरेर अगाडी बढनु पर्ने आवश्यकता रहेको भन्दै वडाध्यक्ष बज्राचार्यले सिपमुलक कार्यमा विद्यार्थीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । अबको युग बिज्ञान प्रबिधिको युग भएकोले वश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने सक्षम नागरिक निर्माण भएको वडाध्यक्ष बज्राचार्यले बताए ।

कार्यक्रममा स्कुलका प्लस टु का डाइरेक्टर एवं प्रमुख सतानन्द उपाध्यायले उत्तिर्ण विद्यार्थीलाई उच्च सम्मानका साथ देशको प्रशासनिक, शैक्षिक क्षेत्रमा सरकारी एवं गैर सरकारी क्षेत्रको विभिन्न नेतृत्व तहमा पुग्न सफल हुने बताए ।

आगामी दिनमा थप प्रगतिको कामना, अझ दृढ संकल्प र कडा मेहनतका साथ अध्ययन गर्नुपर्ने भन्दै उनले भोलीका दिनमा देशको विभिन्न निकायको नेतृत्व तहमा यी जागरुक विद्यार्थी देख्न पाउने अपेक्षा रहेको बताए । उपाध्यायले सवै विद्यार्थीलाई बधाई तथा उज्जवल भबिष्यको कामना गर्नका साथै देशको शैक्षिक, सामाजिक, प्रशासनिक र राजनीतिक नेतृत्व तहमा पुग्ने एउटा जिम्मेवार विद्यार्थी पुस्ता निर्माण भएको बताए ।

स्नातक तहमा कडा मिहिनेत र परिश्रमले मात्र एउटा सुयोग्य एवं देशको जुनसुकै क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने नागरिक निर्माण हुने प्रष्ट पार्दै उनले विभिन्न क्षेत्रमा सामुहिक हातेमालोका साथ अगाडि बढ्नु पर्नेमा जोड दिए ।

विद्यार्थीहरुको तर्फबाटबाट स्नातक तह दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी  लोकमाया परियारले कलेजले हालसम्म राम्रो नतिजा दिन सफल भएको भन्दै स्नातक पढाइका लागि सबैको रोजाइको बिषय रहेको बताइन् ।

कार्यक्रममा ८० जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया