नेपालगञ्ज : बाँके प्रहरीले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । बर्दिया राजापुर नगरपालिका वडा नम्बर ८ बर्ष २६ का शैलेन्द्र चौधरीलाई प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले जानकी १ पचपोखरास्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ गरेको हो ।
शैलेन्द्र चौधरी २०८० वैशाख २९ गते नेपालगञ्ज ९ स्थित कोठा भाडामा लिई बस्दै आएकी कोहलपुर नगरपालिका वडा नम्बर ६ की २२ वर्षीया सुमदरानी थारुको घाँटी रेटी हत्या गरेर फरार भएका थिए ।
उक्त सम्बन्धमा बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
2024-06-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार