काठमाण्डौ : इरानले इजरायलका विभिन्न ठाउँमा मिसाइल प्रहार गरेको छ।
ऊर्जा केन्द्रमा जारी आक्रमणको विरोधमा इरानले इजरायलका विभिन्न सहरमा शक्तिशाली आक्रमण गरेको हो। जेरुसेलमको आकाशमा आज ईदको रात विष्फोट र साइरनको आवाज सुनिएको छ। इजरायलले इरानको साउथ पार्स ग्यास क्षेत्र ध्वस्त पारेको दाबी गरेलगत्तै इरानले चार चरणमा ब्यालेस्टिक मिसाइल प्रहार गरी बदला लिएको हो।
यसैबीच, कतारको रास लाफान ऊर्जा केन्द्रमा भएको क्षतिका कारण अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्यमा उच्च वृद्धि भएको छ।
साउदी अरब र बहराइनले पनि आफ्नो क्षेत्रमा आएका ड्रोनहरू नष्ट गरेका छन्। इरानका विदेशमन्त्रीले आफ्ना पूर्वाधारमा थप क्षति पु¥याइए शून्य सहनशीलता अपनाउने चेतावनी दिएका छन्।
यता, कतारको रास लाफान ऊर्जा केन्द्रमा भएको आक्रमणले युरोप र बेलायतमा ग्यासको मूल्य आकाशिएको छ। साउदी अरब र बहराइनले पनि आफ्नो आकाशमा इरानी ड्रोनहरू खसालेको दाबी गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार