Listen LIVE

बँदेलको अवैध सिकारको आशंका

रुकुमपश्चिम : रुकुमपश्चिममा अवैध रूपमा जङ्गली बँदेल सिकार गरिएको पाइएको छ । जिल्लाको मुसीकोट नगरपालिका–६ स्थित पानखोलामा जङ्गली बँदेलको अखेटोपहार (अङ्ग) भेटिएको हो । 

डिभिजन वन कार्यालय रुकुमपश्चिमका कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार पानाखोला सामुदायिक वन क्षेत्रमा अवैध रूपमा सिकार भएको जङ्गली जनावरको आलो मासु बरामद गरिएको छ । 

जङ्गली जनावरको सिकार भएको भन्ने सूचनाको आधारमा डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलबाट जङ्गली बँदेलको मासु बरामद गरेको कार्यालय प्रमुख परियारले जानकारी दिए । 

घटनामा संलग्न व्यक्तिको पहिचान भएको र अनुसन्धान कार्य सुरु गरिएको उनले जानकारी दिए । अवैध रूपमा जङ्गली बँदेल सिकार गर्ने व्यक्ति पक्राउ गरेर वन ऐन, २०७६ अनुसार कारबाही अगाडि बढाइने डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया