Listen LIVE

बाँसगढीमा लागुऔषध सहित २ जना पक्राउ

बर्दिया : बर्दियाको बाँसगढीमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, बर्दिया बाँसगढी न.पा–८ बस्ने वर्ष ३० को प्रकाश थारु र सोही ठाउँ बस्ने वर्ष २१ को सोम प्रसाद थारु रहेका छन् । 

प्रहरीका अनुसार, बाँसगढी न.पा–८ ककौरा चोक स्थित साईकलमा शंकास्पद रुपमा हिँडिरहेका दुबै जनालाई शंकामानी जााच गर्ने क्रममा प्रकाश थारुले रातो प्लाष्टिलमा एक पुडिया लागु औषध ब्राउनसुगर प्लाष्टिक सहित ८० मिलि. ग्राम र शुद्ध तौल ४० मिली ग्राम उनीहरूको साथबाट बरामद गरी पक्राउ गरिएको हो । 

उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया