काठमाण्डौ : भारतको गुवाहाटीको पानबजार पुलिस स्टेशनमा भारतीय कंग्रेसका नेता राहुल गान्धीविरुद्ध एफआईआर दर्ता गरिएको छ । राहुलले भारतको सार्वभौमसत्ता, एकता र अखण्डतालाई खतरामा पार्ने अभिव्यक्ति दिएको आरोप लगाइको हो । बीएनएसको धारा १५२ अन्तर्गत, यसलाई गैर–जमानती अपराधको श्रेणीमा राखिएको छ ।
उजुरीकर्ता गुवाहाटी उच्च अदालतका वकिल मोनजित चेतियाले भने, ‘राहुलको भनाइले भाषणको सीमा नाघ्यो, देशको सुरक्षामा गम्भीर खतरा पैदा भयो । विपक्षी दलको नेता समेत भएका व्यक्तिले सार्वजनिक मञ्चबाट गरेको वक्तव्य सामान्य राजनीतिक टिप्पणी होइन ।’
राहुलले जनवरी १५ मा कांग्रेस पार्टी मुख्यालयको उद्घाटनमा बीजेपी र आरएसएसले हरेक संस्था कब्जा गरेको बताउँदै अहिले आफूहरू भाजपा–आरएसएस र भारतीय राज्यसँग लडिरहेको बताएका थिए । राहुलको बयानलाई लिएर हिन्दु सेनाले दिल्ली प्रहरी आयुक्तलाई उजुरी पनि दिएको थियो, जसमा राहुलको राष्ट्रविरोधी बयानका लागि कारबाही गर्नुपर्ने माग गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार