काठमाण्डौ : भारतकुमार नामले परिचित बलिउड अभिनेता मनोजकुमारको निधन भएको छ। ८८ वर्षको उमेरमा शुक्रबार बिहान उनको निधन भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले मुम्बईको कोकिलाबेन अस्पतालमा अन्तिम सास फेरे।
उनी हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्मका लागि परिचित छन्। उनले शहीद, पूर्व और पश्चिम, रोटी कपडा और मकान क्रान्ति र उपकारलगायत फिल्ममा अभिनय गरेका छन्। यही छविका कारण उनको नाम भारतकुमार रहेको बताइन्छ।
उनको वास्तविक नाम भने हरिकृष्ण गोस्वामी हो। उनको जन्म १९३७ मा एबटाबादमा भएको थियो। यो ठाउँअहिले पाकिस्तानमा पर्छ।
2025-04-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार