Listen LIVE

बाँकेको सिधनियाघाटमा अत्याधुनिक शवदाहगृह निर्माण अभियान

नेपालगञ्ज : दलिय जनप्रतिनिधि र स्थानीय सरकारले चासो नदेखाएपछि नागरिक तहबाट बाँकेको राप्ती नदिस्थित सिधनियाघाटमा अत्याधुनिक शवदाह गृह निर्माणका लागि पहल थालिएको छ । विगत एक बर्षअघि सामान्य बहसमा आएको बिषय अहिले योजनागत रूपमा अघि बढेको हो ।

बाँकेको नेपालगञ्ज, डुडुवा, राप्ती सोनारि, जानकी लगायतका पालिका बासिन्दाले आफन्तको निधनमा दाहसंस्कारका लागि प्रयोग गर्ने यहि घाट हो । तर, यहाँ दाहसंस्कारका लागि पुर्वाधार  अभावले नागरिकले सास्ती भोग्दै आएका छन् ।

दाहसंस्कार गर्दा हुने नागरिक समस्यालाई ध्यान दिदै नेपालगन्जका केही  समाजका अगुवाहरूले यसको व्यवस्थापनमा सक्रियता देखाएका हुन् ।

करिब पाँच करोडको लागतमा निर्माण गर्ने भनिएको यो योजना अन्तर्गत शब दाहगृह, किरियापुत्रिका लागि बस्ने भवन, विधुतिय दाहगृह, खानेपानी, दाउराको व्यवस्थापन सहित उचित पार्किङ पनि निर्माण गरिने यो अभियानका सदस्य भोला महत बताउँछन्  ।

उनका अनुसार सिधनियाघाट व्यवस्थापनका लागि पहिला जमिन खोजि कार्य अघि बढिसकेको छ । जमिनका  उपलब्ध भएपछि यहाँ  भौतिक पुर्वाधार लगायतका सरचना निर्माणको काम अघि बढाइने भएको छ ।

यहाँ सो पुर्वाधार निर्माणका लागि अहिले डुडुवा गाउँपालिका र स्थानीयसङ्ग जग्गाका वारे छलफल भैरहेको महत बताउँछन् । जग्गाको फाइनल भएपछि यसकमे डिपिआर निर्माण गरिने छ ।

यहाँ शवदाहगृह निर्माण गर्ने अभियानमा बाँकेका नागरिक, व्यवसायी समाजसेवि लगायतसङ्गको आर्थिक सहयोग  रहने अभियानका अर्का सदस्य श्रीराम सिग्देल बताउँछन् । उनका अनुसार पहिला जग्गा खरिद पछि पुर्वाधार निर्माण गर्न स्थानीय तह, प्रदेश र सङ्घिय सरकारसङ्ग सहयोग माग गरिने योजना रहेको छ ।

सिधनियाघाटमा शवदाहगृह निर्माणका लागि अहिले नागरिक समाजका अगुवाको एक समुहले डाक्टर सुरेश कनौडियाको सयोजकत्वमा एक समिति समेत बनाएको र सो समितिले जग्गा खोजि देखि अन्य काम अघि बढाइरहेको अभियानका अर्का सदस्य डाक्टर प्रकाश थापा बताउँछन्  ।

उक्त अभियानमा डाक्टर, नागिरक अगुवा, मानव अधिकारकर्मि, पत्रकार, समाजसेवि, कानुन व्यवसायी लगायतको सहभागीता देखिएको छ ।

प्रतिक्रिया