जाजरकोट : जाजरकोटमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । आज दिउँसो सदरमुकाम खलङ्गाबाट भेरी नगरपालिका ६ भेरे जान लागेको ग १ ज ७७११ नम्बरको बोलेरो जीप सोही नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बोलेरो जीप दुर्घटना भए लगत्तै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गएपनि क्षतिको विवरण आइनसकेको जानकारी दिए ।
दुर्घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी माधव विश्वकर्माले १५ जना यात्रु सवार सबै घाइते भएको र केही गम्भीर घाइते भएका छन् ।
जीपका चालक भेरी नगरपालिका ६ का मानबहादुर वली रहेको खुलेको छ । घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल जाजरकोट ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
2024-08-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार