नेपालगञ्ज : नेपालगञ्ज कान्जी हाउसका पशुलाई गौ सेवाधाममा स्थानान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ विर्तामा अवस्थित कान्जी हाउसमा रहेका पशुचौपायाहरुलाई ट्रकमा राखी राप्तीसोनारी गाँउपालिका वडा नम्बर २ सम्शेरगञ्जस्थित १८५ हेक्टरमा फैलिएको मंगल राधिका सदानन्द गौ सेवाधाममा ब्यवस्थापन गरिएको छ ।
नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायाको व्यवस्थापनलाई निरन्तरता दिँदै कान्जीहाउसमा राखिएका पशुहरुलाई स्थानान्तरण गरिएको हो ।
नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीका अनुसार सडकमा छाडा रुपमा विचरण गर्ने गाई, गोरु लगायतका पशुका कारण बढ्दो सवारी दुर्घटना र सार्वजनिक असुविधालाई मध्यनजर गर्दै यस्तो अभियान सञ्चालन गरिएको हो । संकलित पशुहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गरी दीर्घकालीन समाधानतर्फ पहल गरिएको जनाइएको छ ।
यसैबीच आज विहान थप ३० छाडा पशुलाई नियन्त्रणमा लिई कान्जीहाउस पु¥याइएको नगर प्रहरी निरीक्षक बोगटीले जानकारी दिए । नगर प्रहरीले गत शनिबारदेखि छाडा पशु नियन्त्रण अभियानलाई निरन्तर अघि बढाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार