गुल्मी : गुल्मीमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । मुसिकोट नगरपालिका–४ का ७६ वर्षीय थम्मनबहादुर कुमाल, ६८ वर्षीया फुलमाया कुमाल र ३६ वर्षीया गीता कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
बिहीबार स्थानीय जङ्गलबाट टिपेर ल्याएको च्याउन पकाएर खाए पनि उनीहरुलाई रिङगटा लाग्ने र बान्ता हुने भएको थियो । घरमा अरु बालबालिका पनि थिए । तर पहिलेनै खाना खाएर विद्यालय गएकाले जोगिएको उपचारमासँगै रहेका थम्मनबहादुरका छोरा कमल कुमालले जानकारी दिए ।
कमलका अनुसार बिरामीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । थम्मन दम्पत्तिको आइसियु र बुहारी गीताको सामान्य कक्षमा राखेर उपचार भइरहेको छ ।
2025-06-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार