नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका जिल्लास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधि नेपालगञ्ज ८ ले हात पार्न सफल भएको छ ।
भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाउँपालिकाको सहयोगमा सञ्चालित सो प्रतियोगिताको फाइनल खेलमा नेपालगञ्ज ५ लाई तीन विकेटले पराजित गर्दै नेपालगञ्ज ८ ले उपाधि जित्न सफल भएको हो ।
फाइनल खेलमा पहिले ब्याटिङ् गरेको नेपालगञ्ज ५ ले निर्धारित ओभरमा १४६ रन बनाएको थियो । सो स्कोरमा राष्ट्रिय खेलाडी सवेन्दु पाण्डेले ४२ र सद्दाम खानले ३४ रन बनाएका थिए । वडा नम्बर ८ का बलर अल्ताफ शेषले ३ र जानु कसगरले २ बिकेट हासिल गरे ।
१४७ रनको विजयी लक्ष्य लिएर ब्याटिङ् गर्न उत्रिएको वडा नम्बर ८ ले १४.३ ओभरको खेलमा ७ विकेट गुमाउँदै १४७ रन बनाएर उपाधी जित्न सफल भएको थियो । सो टोलीका जानु कसगरले ३१ रन बनाउँदै २ बिकेट समेत लिन सफल भएकाले उहाँलाई म्यान अफ द फाइनल घोषित गरियो ।
यसैगरी प्रतियोगिताका बेस्ट प्लेयर वडा नम्बर ८ का सलाम शेष, बेस्ट व्याट्सम्यान नरैनापुर २ का सलाम खान र बेस्ट बलर वडा नम्बर ५ का दानिस खानलाई घोषित गरियो ।
प्रतियोगिताका विजेतालाई नगद ६० हजार, कप, पदक तथा प्रमाणपत्र र उपविजेता टिमलाई नगद ३० हजार, कप, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा बाँके जिल्लाका ८ वटै स्थानीय तहका तिन दर्जन टिमको सहभागिता थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार