नेपालगञ्ज : बाँके क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य सुर्य ढकालले गृहमन्त्री रमेश लेखकसंग भेटेर नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय तत्काल सञ्चालन गर्न माग गरेका छन् ।
गृहमन्त्रीलाई भेटेर ढकालले जनताको सुविधालाई ध्यानमा राखेर इलाका प्रशासन संचालनमा ढिलाइ नगर्न आग्रह गरे । ढकालले लामो समयदेखि नरैनापुरमा इलाका प्रशासन संचालनको आवाज उठाउँदै आएका छन् ।
नरैनापुर गाउँपालिकामा धेरै पहिला देखि नै इलाका प्रशासन कार्यालय संचालनमा थियोे । द्वन्द्वकालमा बिस्थापित भएको थियो ।
रबि लामिछाने गृहमन्त्री भएको बेला पनि उक्त कुरा राखेको ढकालले बताए । उनले सदनमा पनि यो बिषयमा बारम्बार कुरा उठाएकै थिए । बुध फेरि गृहमन्त्री लेखकलाई नरैनापुरका जनताले भोगेका समस्याका बिषयमा कुरा राखिएको भन्दै ढकालका अनुसार गृहमन्त्रीले ” म जसरी पनि गर्छु” भनेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार