Listen LIVE

३४ तोला सुन र १० किलो चाँँदीसहित नेपालगञ्जमा ४ जना पक्राउ

नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले नेपालगञ्जबाट ३४ तोला अवैध सुन बरामद गरेको छ। विशेष सूचनाका आधारमा गएको बाँके प्रहरीको टोलीले नेपालगञ्जको सुनारमन्डी र विपी चोकबाट ३४ तोला सुन र १० किलो चाँदी बरामद गरेको हो।

बाँके प्रहरी श्रोतका अनुसार सोमबार दिउँसो अवैध रुपमा राखिएको ३२ तोला सुन र १० किलो चाँँदीसहित ४ जनालाई पक्राउ गरिएको छ।

प्रहरीले सुन बरामद घटनाको पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ भने सुन र चाँँदी कहाँबाट बरामद भन्ने केही खुलाएको छैन ।

प्रतिक्रिया