नेपालगञ्ज : नेपालगञ्जमा भएको झडपका क्रममा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ । गएराती १० बजेको समयमा नेपालगन्ज १० टाङ्गा स्टेण्ड नजिकै भएको झडपका क्रममा खुकुरी प्रहारबाट घाईते भएका एकजनाको मृत्यु भएको हो ।
स्थानीयको जमघट भएको स्थानमा एक स्कुटर र एक मोटरसाईकलमा आएका २ जनाले बिभिन्न बिबाद निकाल्दै झगडा गरेको र सोही क्रममा भएको झडपमा उनीहरुले खुकुरी निकालेर प्रहार गर्न खोज्दा स्थानीय अन्दाजी ३८ वर्षिय यर्साद कबडीयाको मृत्यु भएको स्थानीयले जनाएको छ ।
खुकुरी प्रहार गर्ने दुबै जना फरार भएका छन् । २ वटा साधनमा आएका उनीहरुले ल्याएको से ७ प ४२५३ नम्बरको मोटरसाईकल प्रहरीले बरामद गरेको छ । झडपमा संलग्न एकजना घाइतेको मेडिकल कलेजमा उपचार भइरहेको छ भने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खुकुरी प्रहारबाट घाइते फैजान अन्सारीको उपचार भइरहेको र शंकर नेपालीलाई प्रहरी नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । बरामद मोटरसाइकल पनि चोरीको भएको प्रहरीको प्रारम्भीक अनुसनधानबाट खुलेको छ ।
लागु औषध सेवन गर्ने र बेच्ने समुहकाबीच झडप भएको डीएसपी डाँगीले बताए । फरार दुबैजनाको खोजी तिब्र पारिएको उनले बताए । मृतक कवडीया झडपमा छुट्याउन जानेक्रममा उनीमाथि खुकुरी प्रहार भएको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार