कालीकोट : भारी वर्षा भएपछि ठाउँ–ठाउँमा गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले कालीकोट र दैलेखको सीमानामा पर्ने दहीखोला, कालिखोलामा पहिरो जाँदा कालीकोट–दैलेख सडक खण्ड अवरुद्ध भएको हो ।
कालीकोट र दैलेख खण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवत–जावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले दहीखोला र कालिखोलाको बिचमा बाहेक दैलेख खण्डका पनि बिभिन्न ठाउँमा पहिरो जादा सुर्खेत नेपालगञ्जवाट कालीकोट जुम्लाका लागि हिँडेका यातायातका साधन र यात्रु अलपत्र परेको बताए ।
पहिरो हटाउन स्काभेटर प्रयोग गरिसकिएको उनको भनाइ छ । दैलेख खण्डको पहिरो हटाउन जिल्ला प्रहरी कार्यालय दैलेख पनि लागिपरेको प्रहरी प्रमुख केसीले जानकारी दिए ।
2024-06-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार