नेपालगञ्ज : साउन महिनाको आज पहिलो सोमबार, बागेश्वरी मन्दिरमा श्रद्धालुहस्को घुइँचो लागेको छ ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा निःशुल्क प्राथमिक उपचार तथा पिउने पानी बितरण गरिएको हो ।
साउन महिनाको आज पहिलो सोमबारको अवसरमा नेपालगंज उप–महानगरपालिका–२ बागेश्वरी मन्दिरस्थित नेपाल प्रहरी श्रीमती संग र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरुको उपस्थितिमा श्रदालु भक्तजनहरुलाई निःशुल्क प्राथमिक उपचार तथा पिउने पानी बितरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
2024-07-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार