काठमाण्डौ : शास्त्रीय नृताङ्गना सीता सुबेदी तथा प्रताप दासको सत्य राम राम गीत सार्वजनिक गरिएको छ । मानकाजी शाक्यको शब्द रचना भएको गीतमा लय भने सीता सुबेदीकै छ ।
माया प्रेममा मीठो मेलसहितको यस लोक भाकामा सार्वजनिक सङ्गीत संयोजन पवन रानाभाटले गरेका हुन् । गीतको भिडियोमा सिनेमाटोग्राफीमा निलकण्ठ सुवेदी हुनुहुन्छ भने गीतमा करन साउदको निर्देशन छ ।
यसैगरी पोस्टप्रोडक्सन ’ए’ ’के’ नेपालबाट गरिएको छ भने गीत सीता सुबेदीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा रविना थापा, प्रकाश दुरा, अशोक पङ्गेनीसहित सीताको आफ्नै अभिनय छ जसमा अन्य कलाकारहरुले समेत साथ दिएका छन् ।
2025-01-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार