नेपालगञ्ज : मानव वेचविखनको लागि नेपालगञ्जको जमुनाहा नाका अतयन्तै संवेदनशिल नाकाको रुपमा रहेको छ । मानव बेचविखनको क्षेत्रमा क्रियाशिल माईती नेपाल नेपालगञ्जका अनुसार मानवबेचविखनका दृष्टिले नेपालगञ्ज नाका अतयन्तै संवेदनशिल रहेको छ ।
माईती नेपालका अनुसार आर्थिक वर्ष २०८०–०८१ को असार मसान्तसम्म जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय २६ जनालाई सिमा क्षेत्रबाट उद्धार गरी आवधिक गृहमा प्रवेश गराई पारवारिक पुनरमिलन गराईएको छ ।
माईती नेपाल नेपालगञ्जका प्रमुख केशव कोईरालाले सो अवधीमा श्रम तथा यौन शोषणमा परेका ९ जनालाई उद्दार गरि उनीहरुलाई पुनरमिलन गराएको जानकारी दिए । उनले नेपालगञ्ज नाका मात्र नभएर मानव तस्करहरु नेपालगञ्ज आसपासका नाकाको प्रयोग गरेर विभिन्न बाहानमा सिमापारी लैजाने क्रम बढ्दो रहेको बताए ।
उनले यो एक वर्षको अन्तरमा ५ सय ११ जनालाई सीमा क्षेत्रबाट बैदेशिक रोजगारको जोखिम तथा बेचविखनमा पर्न सक्ने जोखिमबारे परामर्श दिएर फिर्ता गराईएको बताए ।
यसैगरी कार्यालयमा हराएको भनि खोजतलासको निवेदन ५ सय ८७ जनाको परेकोमा २ सय ९५ जना फेला परेका छन, १५ जना घरेलु हिंसाको शिकार भएको र यी मध्ये, ९ जनाको समस्या समाधान गरिएको, विभिन्न खालका हिंशामा परेका ५ जनालाई सिपमुलक तालिम दिएको माईती नेपालले जनाएको छ ।
यसैगरी सो अवधिमा २ वटा मानव बेचविखनबिरुद्ध मुद्दा दर्ता भएको र २ जना माथि जबरजस्ती करणीको मुद्दा दर्ता भएको माईती नेपालका नेपालगञ्ज प्रमुख कोईरालाले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार