नेपालगञ्ज : धारा नेपालगञ्ज म्याराथनको चार सदस्यीय पदाधिकारी टोली बिहीबार थाइल्यान्ड प्रस्थान गरेको छ ।
थाइल्यान्डको राजधानी बैंकक नजिकैको ठूलो सहर ब्याङ्सेनमा शुक्रबार हुने एशिया रोड रेस फोरममा भाग लिन अध्यक्ष टीएस ठकुरी, सदस्य जनक नेपाल, कपिल थापा र कुमार शमशेर थापा बिहीबार बैंकक तर्फ प्रस्थान गरेका हुन् ।
सुर्खेतनिवासी कुमार थापा धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट ज्ञान कर्णाली हाफ म्याराथनका सदस्यसचिव हुन् ।
एशियाको प्रतिष्ठित ब्याङ्सेन १० किमि रोड रेस अघि हुने एशियाली दौड सम्मेलनमा नेपालबाट धारा नेपालगञ्ज म्याराथनले दोस्रोपटक सहभागिताको अवसर पाएको हो । यसअघि गत बर्ष थाइल्यान्डको हातएईमा संस्थापक अध्यक्ष ठकुरीले भाग लिएका थिए ।
थाइल्यान्डमा रनिङ इभेन्ट आयोजकहरुको साझा संस्था थाइल्यान्ड मास स्पोट्र्स पार्टिसिपेन्ट एसोसियसनले हरेक बर्ष फरकफरक सहरमा एशिया रोड रेस फोरम आयोजना गर्दै आएको छ । पुर्वी एशियाली देशहरूलाई लक्षित गरि आयोजना हुने फोरममा विश्व प्रतिष्ठित विज्ञहरूसँग अन्तरक्रिया गराइन्छ । फोरमलगत्तै एक्स्पो भ्रमणको अवसर रहेकोले केही सिक्ने अवसर प्राप्त हुनेछ ।
रेस नेपालले यश बर्षदेखि काठमाडौं २५के नेपाल हेरिटेज रन तथा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स यही जेठ २३ र २४ गते काठमाण्डौमा गर्दैछ । साथै विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठकको आतिथ्यता गर्दैछ । आइतबार बिहान आयोजना हुने ब्याङ्सेन १० किमि रेस अवलोकन पश्चात् टोली नेपाल फर्कनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार