काठमाडौं । अपराध अनुसन्धान शाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले अपराध अनुसन्धान शाखा बालाजुको सहयोगमा मिती २०८१।०१।२७ गते जिल्ला काठमाण्डौ तार्केश्वर न.पा. वडा नं ८ डाँडागाँउबाट अमेरिकी डलर देखाई ठगी गर्ने व्यक्तिहरु पक्राउ गरेको छ ।
जिल्ला दोलखा मेलुङ गा.पा. वडा नं १ घर भई हाल जिल्ला ललितपुर माहालक्ष्मि नगरपालिका वडा नं ७ चाँगाथलीमा फर्निचर व्यवसाय गरी बस्ने वर्ष ३१ को रविन्द्र कोइरालालाई व्यापारको सिलसिलामा तपाईसँग हाम्रो पुरानो चिनजान छ, अहिले हामीसँग १५,५०० अमेरिकी डलर छ तपाईलाई सस्तोमा साटी दिन्छौ भनि ९८११८६८१२९,९८२६८४०३९८ नम्बरबाट चैत्र महिनाको पहिलो हप्ता देखि नियमित सम्पर्क गरी प्रलोभनमा पारी मिति २०८१।०१।०६ गते १२:०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.४ स्थित कोरियन अस्पताल पछाडी रहेको बिष्णुवीर मन्दिरमा लगी अमेरिकी डलर भनी कागजको बिटो रुमालमा पोको पारी दिई निजको साथमा रहेको नगद रु।५,००,०००।– (पाँच लाख) ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न निम्न प्रतिवादीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परीसर भक्तपुर पठाईएको छ ।
पक्राउ पर्नेमा :
१. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं २ खोलेखर्क स्थायी वतन भई हाल तार्केश्वर न।पा। फिरफिरेडाँडा बस्ने वर्ष ३५ को धनकृष्ण शिवभक्ति ।
२. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं २ स्थायी वतन भई हाल जिल्ला ललितपुर सानोगाँउ बस्ने वर्ष ५६ को दातेम्बा शेर्पा ।
३. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. वडा नं। ३ घर भई हाल तार्केश्वर न।पा। फिरफिरेडाँडा बस्ने बर्ष ४० को हरेराम भुजेल ।
४. जिल्ला सोलोखुम्बु लिखुपिके गा.पा. वडा नं ३ चौलाखर्क स्थयी वतन भई हाल का। जी। बसुन्धारा बस्ने बर्ष ४१ को गणेश बहादुर वि.क ।
५.जिल्ला मकवानपुर ईन्द्रेणी गा.पा. वडा नं ३ घर भई हाल जिल्ला ललितपुर सानोगाँउ बस्ने बर्ष ५५ की मिना तामाङ्ग ।


पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार