रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले 'स्थानीय आर्थिक विकासमा उत्कृष्ट नगरपालिका अवार्ड पाएको छ। काठमाडौंमा आयोजित नेपाल नगरपालिका संघको ३१ औं स्थापना दिवसको अवसरमा २०७९–०८ मा 'स्थानीय आर्थिक विकास'मा उत्कृष्ट काम गरेकोमा अवार्ड पाएको हो।
यो अवार्ड हस्तान्तरण गरिएको थियो।नगरले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरेको कारणले बुटवलले अवार्ड पाएको नगर प्रमुख पाण्डेयले बताए। उनले बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा जोड दिएको भएको उनले बताए। देशकै उत्कृष्ट नगरका रूपमा पुरस्कृत हुनुले आफूहरूको काममा हौसला थपिएको उनको भनाई छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार