ताप्लेजुङ : एक वर्षको अवधिमा दुई लाख ३१ हजार ३३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आव २०८०/८१ को असारमा मात्र दुई हजार ७५६ जनाले देवीको दर्शन गरेका हुन्। आवको २०८०/८१ पहिलो महिना अर्थात् गत साउनामा एक हजार एक सय २२ तीर्थयात्रीले पूजापाठ गरेका थिए। यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
कात्तिक अर्थात् दशैँको समयमा ४९ हजार १६३ भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ। समितिका अनुसार मङ्सिरमा २० हजार ४१६, पुसमा पाँच हजार ६५५ र माघमा छ हजार ४०१ जनाले पूजापाठ गरेका छन्। त्यस्तै फागुनमा १७ हजार ९१२ र चैतमा ५२ हजार ४५५ भक्तजनले पूजापाठ गरेका छन्। जेठमा आठ हजार ६२९ र असारमा दुई हजार ७५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ।
तीन हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ। मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ।
वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ। काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन्। त्यहाँबाट पाँच किलोमिटर हिँडेपछि देवीथान पुगिन्छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार