Listen LIVE

मानव सेवा आश्रमद्वारा रक्तदान कार्यक्रम

नेपालगञ्ज : मानव सेवा आश्रमले आफ्नो १२औं बार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको  छ ।

मानव सेवा आश्रमको केन्द्रिय कार्यलय मकवानपुर रहेको छ । नेपालगञ्जस्थित सेवा आश्रमले पनि आश्रमको हाता भित्र आज रक्तदान कार्यक्रम गरेको छ । १९ जिल्लाका  २४ वटा कार्यलयबाट आज एकसाथ रक्तदान गरिएको हो । देशभरका २४ शाखामा १ हजार ८ सय जना असाह्य रहेको र नेपालगञ्ज सेवा आश्रममा ५५ जना असाहय रहेको नेपालगञ्ज शाखाका प्रमुख उर्विन सापकोटाले बताए ।                       

सडकपेटिमा अलपत्ररहेका असाह्य, अशक्त, बेसाहरा, आमाबुवा बिहिन मानव सेवा आश्रमले सहारा दिँदै आएको छ । सडक मानवको सेवामा मानव सेवा आश्रम सधै समर्पित रहँदै अझ मानविय सेवामा प्रतिबद्ध भएर अघि बढेको सापकोटाले बताए । आफ्नो स्थापना कालको १२औं बर्षमा आउँदासम्म विभिन्न क्षेत्रमा मानविय कार्य गरिरहेको र त्यसै अन्तर्गत विभिन्न अस्पतालमा आउने बिरामीलाई सधै रगतको अभावले संकट भोग्नु परेकोले रक्तदान गरिएको सापकोटाले जानकारी दिए । 

रक्तदान कार्यक्रममा सबैले हातेमालो गरेर स्वस्फूर्तरुपले आफै आएर रक्तदान गरेको भन्दै उनले स्थापना काल भन्दा अहिले धेरै ब्यक्ति मानवीय कार्यमा  लागेको बताए । 

बिहान करिव ८ बजेदेखि शुरु भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेको प्रमुख सापकोटाले बताए ।

प्रतिक्रिया