Listen LIVE

इरानमा रहेका भारतीय विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सार्दै भारत

काठमाण्डौ : इजरायल र इरान द्वन्द्व चर्किदै जाँदा भारतले इरानस्थित भारतीय विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारेको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर तेहरानस्थित भारतीय दूतावासले इरानको सुरक्षा स्थिती निरन्तर निगरानी गरिरहेकोे जनाएको छ ।

विदेश मन्त्रालयले विद्यार्थीहरुलाई इरानभित्र सुरक्षित स्थानहरूमा सारिएको र नयाँ सम्भावित विकल्पहरूको समेत अध्ययन भइरहेको जनाएको छ ।

तेहरानस्थित भारतिय दुतावासले त्यहाँ रहेका भारतियहरुको सुरक्षाका निम्ती स्थानिय समुदायका नेताहरु र लोककल्याणकारी क्षेत्रमा काम गर्ने संस्थाहरुसँग समन्वय गरिरहेको जनाएको छ ।

शुक्रबारयता इजरायलले निरन्तर इरानमाथी मिसाइल आक्रमण जारी राखेको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुले इरानको राजधानी तेहरानबाट कैयौं मानिसहरु भागिरहेका बताएका छन् ।समाचार एजेन्सी एपीका अनुसार इरानको हवाई क्षेत्र बन्द भएपछि र ट्याक्सीसमेत नपाउँदा मानिसहरु सीमा क्षेत्रसम्म पुग्न सकेका छैनन् ।

यस्तै मंगलबार बिहान इरानको परमाणु क्षेत्रमा इजरायलले आक्रमण गरेको इजरायलको दाबी छ । न्यूक्लियर क्षेत्रमा ठूलो धमाका भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया