Listen LIVE

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका ठेकेन्द्रराज जोशी नियुक्त भएका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । 

उनले मुख्यमन्त्री कमलबहादुर शाहको पहिलो कार्यकालका बेला पनि मुख्य न्यायाधिवक्ताको रूपमा काम गरेका थिए । तत्कालीन सरकारले नियुक्त गरेको मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले सरकार फेरिएसँगै पदबाट राजीनामा दिएका थिए । शाहीले राजीनामा दिएपछि जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको छ ।

प्रतिक्रिया