नेपालगञ्ज : नेपालगञ्ज रंगशालामा रु १० करोड लागतमा निर्माण भएको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही देखिएको बिषयमा राष्ट्रिय खेलकुद परिषदले अध्ययन गर्न लेखबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ । समितिको सदस्यमा खेल बिज्ञ चन्द्रवहादुर गुरुङ्ग, परिषदका ईन्जिनियर पूर्णवहादुर सुन्दास रहेका छन् ।
राखेप प्रशासन प्रमुख प्रेमबहादुर मल्लका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट नेपालगञ्ज रंगशालामा निर्माणाधिन रंगशालाको सेन्थेटिक ट्याकको कार्य पञ्चकन्या–सिन्कोट्स जेभि कुपण्डोल, काठमाडौंबाट भएकोमा हालै उक्त निर्माण भएको ट्रयाकमा उप्किएको देखिएको उल्लेख छ । उक्त विषय सामाजिक सञ्जालमा समेत आएको हुँदा सो विषयमा अध्ययन गरी ३ दिनभित्र परिषद् समक्ष प्रतिवेदन पेश गर्न राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम परिषद्को भदौ २ गतेको सदस्य–सचिवस्तरीय बैठकबाट क्षेत्रीको संयोजकत्वमा अध्ययन उपसमिति गठन गरिएको हो ।
नेपाली क्रिकेटको राष्ट्रियका पुर्व कप्तान समेत रहिसकेका क्षेत्री हाल राखेप सदस्य रहेका छन् । राखेपको पत्र प्राप्त भइसकेपछि तोकिएको जिम्मेवारी अनुसार इमानदारीपूर्वक काम गरिने क्षेत्रीले बताए । क्षेत्रीले बाँकेको खेल, खेलाडीको भविष्य र राज्यको लगानीसंग जोडिएको बिषयको बास्तबिकता थाहा पाउन गम्भीरतापूर्वक अध्ययन गरिने उल्लेख गरे ।
नेपालगञ्ज रंगशालामा रु १० करोड लागतमा निर्माण भएको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही देखिएको बिषय प्रकाशमा आएको थियो । ललितपुरको पंचकन्या–साईकट्स निर्माण कम्पनीले रु ९ करोड ८६ लाख लागतमा ट्रयाक निर्माणको जिम्मा लिएर भइरहेको काममा गम्भीर लापरबाही देखिएको हो ।
हाल निर्माणको काम सम्पन्न भइसकेपनि हस्तान्तरण भएको छैन हस्तान्तरण हुने एक बर्षको अवधिमै सेन्थेटिक ट्रयाक प्रदेश खेलकुद परिषद लुम्बिनीका प्रमुख महेश चन्दले बताए । हस्तान्तरण नहुँदै सेन्थेटिक ट्रयाक उप्किए पछि त्यस सम्बन्धमा आवश्यक छानिबन गर्न राष्ट्रिय खेलकुद परिषदलाई जानकारी गराएको चन्द बताउँछन् । हाल अध्ययन समिति गठनले बास्तविकता थाहा पाइनेमा ढुक्क भएको उनको भनाइ छ ।
शुरु देखि नै निर्माण कार्यमा गुणस्तर नभएको भन्दै प्रश्न उठेको थियो । प्रश्न उठ्दा कसैले पनि काम रोक्न तत्परता देखाएका थिएनन् । गुणस्तर नियन्त्रणविनै काम भइरहेको भन्दै राखेपको ध्यानाकर्षण गराइसकेका जिल्लास्थित खेल पदाधिकारीहरुले यस्तै रहे निर्माणकार्य रोक्ने चेतावनी दिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार