कालीकोट : कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको पुल बगाएको लामो समय भयो । वर्षातको भेलले पुल बगाउँदा त्यस यता नरहरिनाथ गाउँपालिका भित्रका पाँच वडाका नागरिकलाई सास्ती भइरहेको छ । रहगाडखोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयवासीलाई वर्षातको समयमा निकै सास्ती भइरहेको छ ।
झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो । २०७८ साल असोजमा आएको बाढी सँगैको पहिरोले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले चासो बर्सातको समयमा दैनिक नागरिकले सास्ती पाई रहेका छन् । नरहरिनाथ गाउँपालिका वडा नं १ का पूर्व जिल्ला विकास समितिका सदस्य कटकबहादुर विष्टले समयमा पुल नबन्दा निकै समस्या भइरहेको बताए ।
झोलुङ्गे पुल बनाउनका लागि प्रत्येक वर्ष बजेट आएको सुन्छु’, उनले भने पुल भत्किएको लामो समयमा कुनै निकायले चासो नदिँदा अहिले लालु, माल्कोट र कोटवाडा गाउँको आवतजावतमा समस्या भएको छ । झोलुङ्गे पुल नहुँदा हिउँदमा खासै समस्या नभए पनि वर्षायाममा खोलाको पानीको बहाव बढ्ने र आवतजावतमा समस्या हुने विष्टको भनाई छ ।
नरहरिनाथ गाउँपालिका वडा नं ८ का प्रकाश विष्टले पुल नहुँदा कहिले मानवीय क्षति हुन्छ भन्ने त्रास रहेको बताए । उनले पुल बनाउने योजना गाउँपालिकाले लेखि पठाएर पनि माथिल्लो निकायले नसुनेको हो या सुनेर पनि दुर्गममा ध्यान नदिएको हो भन्ने यकिन हुन नसकेको बताए । यस पुलवाट छिमेकी स्थानीय तह सान्नीत्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला आउजाउ गर्ने मुख्य नाका पनि हो ।
यस पुलका मुख्य सेवाग्राही साबिकको माल्कोट, कोटावाडा र लालु गाउँ विकास समितिका नागरिक हुन् । पुल नहुँदा अहिले नन्दादेवी बहुमुखी क्याम्पसमा पढ्न जाने विद्यार्थीलाई समेत समस्या भइरहेको छ ।
नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष प्रदीप बोहोराले तिन पटकसम्म पुल निमार्णका लागि उपभोक्ता समिति बन्ने र काम गर्न नसकेका कारणले समयमा पुल बन्न नसकेर बजेट फ्रिज गएको सुनाए । उनले हेल्पदास नेपालले प्राविधिक सहयोग र गाउँपालिकाको संयुक्त लगानीमा पुल बनाउने भन्दै उपभोक्ता समिति गठन भए पनि काम हुन नसकेको सुनाए ।
प्रवक्ता बाहोहोराले चालु आर्थिक वर्ष २०८१/०८२ मा पुलका लागि ५० लाख बजेट विनियोजन गरेकाले तत्काल ठेक्का आव्हान भएर काम सुरु गर्ने बताए । हामी पनि निकै लजित भएका छौ । विभिन्न कारणले पुल तीन पटकसम्म उपभोक्ता समिति बन्ने र काम नभएर बजेट फिर्ता जाने भयो । अव भने यो वर्ष पुल निमार्ण गरिने प्रवक्ता बोहोराले बताए । अहिले पुल नहुँदा नागरिकले फलेकको साँघुबाट जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार