नेपालगञ्ज : चालु आर्थिक वर्ष असार पहिलो सातासम्म बाँकेमा सडक दुर्घटनामा परि ६३ जनाले ज्यान गुमाएका छन् । बाँकेमा सबैभन्दा बढी मोटरसाईकल दुर्घटना जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार जिल्लाका विभिन्न स्थानमा भएको विभिन्न सवारी साधन दुर्घटनाबाट ६३ जनाले ज्यान गुमाएका हुन् ।
ती दुर्घटनामा सबैभन्दा बढी पुरुष ४५ जनाको मृत्यु भएको छ भने महिला १६, बालक दुई गरी ६३ जनाको मुत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यही अवधिमा सवारी दुर्घटनामा १०२ गम्भीर घाइते भएका छन् भने ९९ साधारण घाइते भएका छन् । यो अवधिमा सवारी दुर्घटनामा १० पशुचौपाया समेत मरेका छन् भने ३ घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।
ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–सुर्खेत सडकखण्ड, पूर्व पश्चिम राजमार्गको ढकेरी–शम्शेरगञ्ज सडकखण्ड र नेपालगञ्ज–गुलरिया सडकखण्डमा बढी दुर्घटनाहरू हुने गरेको पाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार