धनगढी : सुदूरपश्चिम प्रदेशमा विपत्का घटनाबाट ४० जनाको ज्यान गएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार असार १ गतेदेखि साउन १६ सम्म ४० जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा महिला र पुरुषको सङ्ख्या २०/२० रहेको छ । सो अवधिमा ५७५ वटा विपत्का घटना भएको केन्द्रको बुलेटिनमा उल्लेख छ ।
सबैभन्दा बढी २६६ वटा आगलागीका घटना भएका छन् । जसमा चार पुरुष र सात महिला गरी ११ जनाले ज्यान गुमाएका छन् भने २९ जना घाइते भएका छन् । ४४ आंशिक र ३० पूर्ण गरी ७४ घरमा क्षति भएको छ । आगलागीबाट १०५ चौपायासमेत मरेको जनाइएको छ । सर्पदंशका ५३ घटना घटेका छन् । सर्पको टोकाइबाट हालसम्म सात जनाको मृत्यु भएको र ५५ जना घाइते भएका जनाइएको छ ।
सर्पको टोकाइबाट ११७ चौपायाको पनि ज्यान गएको बुलेटिनमा उल्लेख छ । चट्याङबाट तीन पुरुष र चार महिला गरी सात जनाको ज्यान गएको छ । चट्याङ लागेर आठ जना घाइते भएको जनाइएको छ । त्यस्तै हावाहुरीबाट चार जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । बाढीबाट चार जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । जङ्गली जनावरको आतङ्कबाट तीन जनाको मृत्यु र तीन हजार ३७७ घरपरिवार प्रभावित भएको जनाइएको छ । पहिरोबाट तीन तथा भूकम्प र लेक लागेर एक÷एक जनाको ज्यान गएको केन्द्रले जानकारी दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार