Listen LIVE

बाँके जिल्लास्तरिय तेक्वान्दो सिनियर ग्रेडिङ्ग सम्पन्न

नेपालगञ्ज : बाँके जिल्ला तेक्वान्दो संघको आयोजनामा शनिवार कोहलपुर १ कौशिलानगरमा बाँके जिल्लास्तरिय तेक्वान्दो सिनियर ग्रेडिङ्ग कार्य सम्पन्न भएको छ । सिनियर तेक्वान्दो प्रशिक्षकहरु राखेप तेक्वान्दा प्रशिक्षकद्वय नेत्रबहादुर थापा र खडग रोकायले प्रशिक्षण प्रदान गरिएका सहभागिहरुको परीक्षा तेक्वान्दो गुरुहरु श्रीमान् थापा र सिद्धबहादुर चन्दले लिएको तेक्वान्दो संघ बाँकेले जनाएको छ ।

ब्ल्याक बेल्ट ४१ जना, रेड ब्ल्याक ४६ जना र दोस्रो डन ६ जनाले सहभागिता जनाएको ग्रेडिङ्ग कार्यक्रमलाई प्रशिक्षण संयोजन मोहन वलिले गरेका थिए । उत्साहपुर्ण तवरले ग्रेडिङ्ग कार्यक्रम सम्पन्न गरिएको उल्लेख गर्दै तेक्वान्दो संघ बाँकेका अध्यक्ष प्रकाश लामिछानेले तेक्वान्दो विधा आफैमा रक्षात्मक हुनुकासाथै स्वस्थ्य मानव जिवनकालागि अपरिहार्य विधा भएको उल्लेख गरे । उनले विधालाई स्थानियस्तरमा सरकारी तवरवाट संरक्षण र प्रर्बद्धन हुनुपर्नेमा जोड दिए ।

उनले पछिल्लो समय छोरीहरुलाई हिंसात्मक घटनाहरुबाट वचाउन पनि विद्यालयहरुमा निजिस्तरवाट प्रयासका केहि पाईला चालिएको भएपनि नितीगत रुपमा सरकारी विद्यालयहरुमा लागुगर्ने गरि यो विधालाई समेटिनुपर्ने र त्यस्कालागि स्थानिय निकायले आफनो बार्षिक निती तथा कार्यक्रममा समेटनुपर्नेमा जोड दिए ।

तेक्वान्दो संघको आफनै भवन कौशिलानगरमा आयोजित कार्यक्रममा सिनियर प्रशिक्षकहरु महेश थापा, चन्द्रबहादुर श्रेष्ठ, रतिराम थारु, निशान कुमाई, शेखर डाँगी र सुवास घर्ति मगरको समेत उपस्थिती रहेको थियो । 

सफल प्रशिक्षार्थीहरुले आफुले सिकेको कला तथा कौशललाई आफनो गाउँ छिमेकमा लिएर उपयोग गर्दै कुलत तथा नशामुक्त समाज निर्माणमा समर्पण गर्ने वताउँदै युवा लक्षित तेक्वान्दोका प्रशिक्षणहरु सञ्चालन गरि सानो भए पनि आफुले समाजकालागि योगदान गर्ने वताएका थिए ।

प्रतिक्रिया