कालीकोट : कालीकोटमा दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । घर परिवारका सदस्यहरू रोपाइँमा गएको बेला, नरहरिनाथ गाउँपालिका वडा नम्बर–८ का ५० वर्षीय चक्रबहादुर विष्टले घरमा एक्लै भएको मौका पारेर बलात्कार गरेको आफन्तले बताएका छन् ।
आइतबार बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका विष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसीका अनुसार सुस्त मनस्थिति समेत भएकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई पक्राउ गरिएको बताए ।
आरोपित माथि जर्वरजस्ती करणी महलमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
2024-07-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार