दाङ : दाङमा सल्लाको खोटोबाट ३२ लाखभन्दा बढी राजस्व सङकलन भएको छ । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ७२ हजार १२ केजी सल्लाको खोटो बिक्री हुँदा ३२ लाख ७३ हजार २६९ रुपैयाँ राजस्व सङकलन भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार सल्लाको खोटो बिक्रीबाट सङरकलन भएको राजस्वमध्ये २७ लाख ९० हजार नौ सय रुपैयाँ वन समूह र चार लाख ७२ हजार ३३९ रुपएयाँ प्रदेश सञ्चित कोषमा जम्मा भएको छ ।
गत वर्ष जिल्लामा ७८ हजार केजी सल्लाको खोटो निकासी हुँदा नौ लाख ३९ हजार २७ रुपैयाँ राजस्व उठेको थियो । जिल्लामा सल्लाको खोटोबाट गत वर्षको तुलनामा तेब्बरले बढी राजस्व उठेको छ । जिल्लामा गत वर्ष सल्लाको खोटो सङरकलन गर्ने वन क्षेत्र थपिएसँगै राजस्वसमेत वृद्धि भएको छ । अघिल्लो वर्ष १० वटा समूहबाट खोटो सङकलन भए पनि गत आवमा १९ वटा वन समूहबाट खोटो निकालिएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ ।
जिल्लामा खोटो सङरकलन गर्ने क्षेत्रफल बढेसँगै राजस्वमा पनि वृद्धि भएको सूचना अधिकारी सापकोटाले बताए । सडक कालोपत्रे गर्ने तारपिन तेल र पेन्ट गर्ने रङ बनाउनका लागि कच्चा पदार्थका रूपमा सल्लाको खोटो प्रयोग हुने गर्दछ । जिल्लाका विभिन्न सामुदायिक वनबाट गङरगा रोजिन एन्ड टर्पिनटाइन कम्पनी बाँके र बुढाथोकी टर्पिनटाइन कम्पनी अमेलिया दाङले खोटो सङकलन गर्ने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार