धनगढी : सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही भदौ १० गते सोमवारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ।
अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमवार जारी विज्ञप्तिमा यसपाली गौरा पुजन भाद्र कृष्ण पक्षमा रहेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ।”
अठोला पञ्चाङ्गका अनुसार भदौ ८ गते बिरुडा पञ्चमी, ९ गते षष्ठी तिथी, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरापर्व मनाइनेछ।
भदौ ११ गतेपछि आआफ्नो अनुकूलताअनुरुप गौरा सेलाउने चलन रहेको जनाइएको छ।
2024-08-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार