एजेन्सी : सेनाले सत्ता कब्जा गरेको पाँच वर्षपछि म्यान्मारमा पहिलोपटक चुनाव भइरहेको छ । चीनको समर्थन प्राप्त सैनिक शासकहरुले आफ्नो शक्तिलाई वैधता दिन देखावटी चुनाव गरेको पर्यवेक्षकहरुले बताएका छन् ।
प्रमुख राजनीतिक दलहरुलाई यस चुनावमा सहभागी हुनबाट रोक लगाइएको छ । दलका धेरै नेताहरु जेलमै छन् । गृहयुद्धका कारण आधाभन्दा बढी जनसंख्या मतदानबाहिरै रहने अनुमान गरिएको छ ।
सैन्य सरकारले व्यापक विरोध निम्त्याएको र गृहयुद्धमा परिणत भएको विद्रोहबाट सत्ता कब्जा गरेको लगभग पाँच वर्षपछि चरणबद्ध चुनाव हुँदैछ ।
आइतबार मतदान भइरहेको बेला देशका धेरै क्षेत्रहरूमा विस्फोट र हवाई हमला भएको बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।
आइतबार बिहान मन्डले क्षेत्रस्थित एक घरमा रकेट आक्रमण भएपछि तीन जनालाई अस्पताल लगिएको यस क्षेत्रका मुख्यमन्त्रीले बीबीसीलाई बताएका छन् । यसअघि शनिबार अबेर राति श्रृंखलाबद्ध विस्फोटले थाइल्याण्डको सीमानजिकै रहेको म्यावाडी टाउनशिपमा दशभन्दा बढी घरहरूमा क्षति पुगेको थियो ।
आक्रमणमा एक बालकको मृत्यु भएको छ र तीन जनालाई आपतकालीन अवस्थामा अस्पताल लगिएको एक स्थानीयले बीबीसीसँग बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार