नेपालगञ्ज : नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसद्वारा विद्यार्थी सहायता कक्ष सञ्चालन गरिएको छ । मध्य तथा सुदूरपश्चिमको त्रिवि आंगिक क्याम्पसको रुपमा रहेको क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीको अन्यौलतालाई मध्यनजर गरेर उक्त सहायता कक्ष सञ्चालन गरिएको हो ।
सहायता स्थापना कक्ष सञ्चालन गरेको अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्दै महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख लालमणी आचार्यले विद्यार्थीको सहजता र विद्यार्थीका बिचमा सहज र सरल सौहार्दरुपले विद्यार्थीलाई जानकारी दिन यो कार्यक्रम कोशे ढुङ्गा सावित भएको र सिङ्गो क्याम्पस निर्माणमा विद्यार्थी संगठन एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रमका सभाध्यक्ष विद्यार्थी नेता जिवनराज सुबेदिले नेपाल विद्यार्थी संगठन सधैँ विद्यार्थीको हित र भलाइमा रहेको भन्दै रचनात्मक कार्यमा विद्यार्थीका समस्यामा संगठन अग्रस्थानमा रहेको बताए । उनले विद्यार्थीले भोग्नु परेका अन्यौलता विद्यार्थीका समस्या समाधान गर्न क्याम्पस प्रशासन र विद्यार्थी संगठन तम्तयार रहनु पर्ने बताए । विद्यार्थीको कठिनाइमा हातेमालो गर्नुका साथै शैक्षिकस्तरमा दक्ष जनशक्ति उत्पादनको आधारभुमिलाई ब्यबस्थित र सौन्दर्य बनाउनु पर्ने भन्दै उनले विद्यार्थीको अहिलेको मुख्य उद्देश्य शिक्षा आर्जन गर्नु भएकोले पढाईमा निरन्तरता दिनुपर्नेमा जोड दिए ।
स्ववियु उपसभापति जीवनबहादुर शाहीले राजनीतिक ब्यवस्था परिवर्तनदेखि अवस्था परिवर्तनसम्म विद्यार्थी संगठन अग्रभागमा रहेको बताए । विद्यार्थीलाई शैक्षिक अध्ययनमा पहिलो प्राथमिकता दिनुपर्ने भन्दै उनले सधैँ विद्यार्थीसँग हातेमालो गरेर अगाडि बढनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा विद्यार्थी नेता चन्द्रलाल जैसिले विद्यार्थी बर्ग भनेको सामाज राष्ट्र परिवर्तन र सिङ्गो देशका मेरुदण्ड भएकाले आजका विद्यार्थी भोली राष्ट्र निर्माणका सम्बाहक भएका बताए । सुचना पाउनु प्रत्येक नागरिकको अधिकार भएकोले त्यसमा शैक्षिक जानकारी पाउने विद्यार्थीको अधिकार भएको बताए । उनले दुर्गम सुदूर कर्णालीदेखि भर्खर १२ कक्षा पास गरेर आएका विद्यार्थीलाई सधैँ अन्यौलता हुने र कुन बिषय पढ्न प्लस २ को जीपीउ कति भए स्नातकमा कुन विषय लिएर पढ्न पाउँछ भनेर प्रतिप्रश्न गरे । कुन संकायमा कति बिषय हुनुका साथै कति शुल्क लाग्ने जानकारी पाउनुका साथै जैसिले कति बर्ष समय लाग्ने बारे विद्यार्थीलाई जानकारी दिनुपर्ने माग गरे । क्याम्पसका प्राध्यापकसँग सोध्न डराउने र आफुभन्दा अगाडीका वरिष्ठ विद्यार्थीलाई विद्यार्थीले आफ्नै साथी सरह लिनुपर्ने भन्दै उनले सहजरुपले विद्यार्थीको सहारा विद्यार्थीनै बन्नु पर्ने सुझाव दिए । आजको विद्यार्थी राजनीति सडकमा ढुङ्गामुढा गर्नुका साथै दलका नेताको कठपुतली हुनु दुर्भाग्य भएको भन्दै जैसिले विद्यार्थी आफैंमा एउटा शिक्षित ब्यक्ति भएकोले सक्षम नागरिक निर्माणमा लाग्नु पर्ने बताए । अबको यात्रा शैक्षिक समृद्धी, सामाजिक रुपान्तरण स्वरोजगार मुखी हुनुपर्नेमा जोड दिँदै उनले शैक्षिक संस्था र शैक्षिक संघ संगठनको सहायक समुह भएकोले शैक्षिक क्षेत्रको नीति नियम र अधिनमा रहेर अगाडी बढनु पर्ने जानकारी दिए । बिश्वबिद्यालयको पाठयपुस्तक नेपाली माटोको मिल्दोजुल्दो परिवेशको हुनुपर्ने जैसिले बताए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका विभिन्न तह तपकामा रहेर काम गरेका विद्यार्थी, नेपाल विद्यार्थी संघमा आस्थावान विद्यार्थी, प्राध्यापकहरुको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण नेबिसंघ बाँकेका जिल्ला सदस्य प्रकाश कुँवरले गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार