नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका–३ पेडारी नालाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका–३ बि गाउँ बस्ने १९ वर्षीय हर्षित पाडे मगर र सोही गाउँपालिका–३ खजुरा बस्ने ३६ वर्षीय याम बहादुर राना मगर रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
2024-07-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार