दाङ : बबई नदीमा आउन सक्ने बाढीका विषयमा नक्साबाटै जानकारी लिन सक्ने प्रणालीको व्यवस्थापन गर्न थालिएको छ । नेपाल सरकार जल तथा उर्जा आयोगको एक टोलीले बबई नदीमा आउने बाढीका विषयमा अध्ययन गरी नक्सा प्रणालीका बारेमा व्यवस्थापन गर्न थालेको हो ।
जल तथा उर्जा आयोगको सचिवालयका इन्जिनियर गायत्रा जोशीले बबई नदीमा आउने बाढीलाई नक्साङ्कनका विषयमा १४ वर्षअघि अध्ययन गरिए पनि त्यो विस्तृत अध्ययन नभएको बताए । उनले पुनः विस्तृत रुपमा अध्ययन गरेर बाढीले क्षति पु¥याउने आवासीय र खेती योग्य क्षेत्रको निर्धारण गरिने बताए । उनले नक्सा तयार पारेर तुलसीपुर उपमहानगरपालिकासहित बबई नदीको बाढीले क्षति पुर्याउने बबई गाउँपालिकाको क्षेत्रको समेत विस्तृत विवरण तयार पारिने बताए ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले तत्कालका लागि बबई नदीमा आएको बाढीका विषयमा जानकारी लिनका लागि वडा नम्बर १४ मा पानीको सतह बढेपछि पालिकाको विपद् शाखामा साइरन बज्ने व्यवस्था मिलाइएको बताए । उने बबई नदीमा आएको बाढीका कारण वर्षेनि धनजनको क्षति भइरहेकाले बबई नदीको दुवैतर्फ तटबन्धन गर्नका लाथि तीनै तहका सरकारले नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बताए । उनले अब तयार गरिने नक्साङ्कन सूचना प्रणालीमा आवासीय क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १४,१३,१२ र ११मा बबई नदीले क्षति पुगाउने गरेको छ ।
बबई गाउँपालिका ६ का पूर्ववडाध्यक्ष रामबहादुर वलीले बबई नदीमा आउने बाढीले सबैभन्दा बढी गाउँपालिकाको ६ मा र ५ र १ मा क्षति पु¥याउने बताए । तुलसीपुर उपमहानगरपालिका १२ कचिलाका किसान डिल्लीबहादुर थारुले बबई नदीको बाढीका कारण सिँचाइ कुलो र खेतीयोग्य जमिनमा क्षति पुर्याँउदै आएको बताए ।
तुलसीपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाई संस्थाका सचिव सेवकराम भण्डारीले बबई नदीको बाढीका कारण खानेपानीको सम्बोयलमा समेत क्षति पुग्ने सक्ने बताए । उनले नदी तटीय क्षेत्रमा सम्बोयल भएकाले एक लाख बढी जनसंख्यालाई खानेपानी वितरण गर्दै आएको संस्थाले बबई नदीमा बाउने बाढीले क्षति पुर्याउन सक्ने भएकाले तटीय क्षेत्रमा तटबन्धन आवश्यक रहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार