दाङ : बाढीले बगाउँदा दाङको तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ । बबई नदीमा आएको बाढीले बगाउँदा महिला बेपत्ता भएकी हुन् । बाढीले बगाउँदा अर्की एक महिला बेपत्ता छिन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मटेराकी १९ वर्षीया सम्झना चौधरीलाई नदी तर्ने क्रममा बुधबार बिहान बगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) रामबहादुर केसीले जानकारी दिए । बबई पारी आफन्त कहाँ जान खोजेकी चौधरीलाई बाढीले बगाएर बेपत्ता पारेको थियो ।
प्रहरीका अनुसार बेपत्ता भएकी सम्झना स्थानीय २० वर्षीय रोशन चौधरीको श्रीमती हुन् । चौधरीको खोजीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ७ जनाको टोली र इप्रका मलबारबाट प्रहरी नायव निरीक्षक गणेशबहादुर सिंहको कमाण्डमा ३ जनाको टोली खटिएको एसपी केसीले बताए ।
2024-07-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार