Listen LIVE

बर्दियामा चोरी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

बर्दिया : जिल्ला अदालतबाट चोरी मुद्दामा सजाय र जरिवाना तोकिएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत वैशाख २५ गते जिल्ला अदालतले चोरी मुद्दामा ११/११ दिन कैद सजाय, २/२ हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा जनही २ सय रुपैयाँ जम्मा हुने गरी फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीका अनुसार पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–६ दमौलीका २७ वर्षीय अशोक सुनार र सोही ठाउँका २५ वर्षीय विशाल सुनार रहेका छन् । उनीहरुलाई आफ्नै घरवतनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक ठकुरीले जानकारी दिए ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया