नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा २ जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुना चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित कैलाली टीकापुर नगरपालिका–४ बस्ने १८ वर्षीय किशोर र बर्दगोरिया गाउँपालिका–१ बौनिया बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले भारतको रुपईडिहाबाट नेपालगञ्ज आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
2024-08-15
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार