Listen LIVE

जुम्लामा कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला : पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

पातारासी–१ निवासी ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए। पातारासी–१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी घाइते भएक हुन्।

घाइते तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया