Listen LIVE

बजुराका एघार जना महिला र बालबालिकाको उद्धार

बाजुरा : बाजुराका ११ जना महिला तथा बालकालिकाको कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ ।

दलालहरुले बाजुरादेखि ललाई फकाइ गरेर भारतका विभिन्न ठाउँमा लैजाने क्रममा शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले गड्डाचौकी नाकाबाट उनीहरुको उद्धार गरिएको हो ।

रोजागारीको प्रलोभन देखाएर बाजुरादेखि भारतमा लैजाने क्रममा गड्डाचौकी नाकाबाट बाजुराका ११ महिला तथा बालबालिकाहरुको उद्धार गरिएको शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीले जनाएको छ ।

बाजुराको गौमुलका तीन, बडिमालिका एक, खप्तड छेडेदहका चार, त्रिवेणीका दुई,  बुढीगङ्गाका तीन जना गरी जम्मा आठ महिला चार बालक गरी एघार जनाको उद्धार गरिएको शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीका सुपरभाईजर मनिसा न्यौपानेले बताइन् ।

उनले भनिन, “भारतमा राम्रो नौकरी दिलाई दिन्छु भन्ने आश देखाएर उनीहरुलाई घरदेखि भारतमा लैजाने क्रममा सोधपुछ गर्दा ती महिला र बालकको उद्धार गरिएको हो ।”

अहिले उनीहरुलाई प्रहरी प्रशासनको सहगयोगमा आफन्तकोमा जिम्मा लगाइदिएको सुपरभाईजनर न्यौपानेले बताइन् ।

बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बडिमालिका बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिका अधिकांश स्थानीय कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने गर्दछन् ।

अभिभावक भारतमा गएको सिको बालबलिकाहरुले गर्दै गएपछि उनीहरु मानव बेचबिखनमा पर्ने गरेका छन् ।

प्रतिक्रिया