दाङ : देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
मोटरसाइकल ठक्करबाट लमही नगरपालिका वडा नम्बर १ नर्तीका चन्द्र प्रसाद चौधरीकी दस वर्षीय छोरी स्वस्तिका चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार बेलुकी बाटो क्रस गर्ने क्रममा लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको निरीक्षक भुसालले बताए ।
2024-07-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार