Listen LIVE

नेपालगञ्ज फेसन आइकन २०८२ सिजन १ को उपाधि विक र जिसीलाई

नेपालगञ्ज : बासुकी फिल्म्स प्रा.लि.ले आयोजना गरेको ‘नेपालगञ्ज फेसन आइकन २०८२ सिजन १’ को उपाधि गौरव वि.क. (पुरुष) र आँशिका जिसी (महिला) ले जितेका छन्। १५ दिनको कडा तालिमपछि कारकादोस्थित किचन टपको सभा हलमा सम्पन्न ग्रान्ड फाईनलमा १३ जना प्रतिस्पर्धीहरूबीच अन्तिम प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा अमृत केसी र ऋतु योगी फस्र्ट रनर–अप बने भने स्मृत चौधरी र सिम्रिका चौधरीले सेकेन्ड रनर–अपको उपाधि हासिल गरे।बासुकी फिल्म्स प्रा.लि.का आयोजक तथा समाजसेवी विकास गिरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मिस नेपालगञ्ज २०१५ सुमन थापा, इभेन्ट अर्गनाइजर रोनिश गौतम, मोडल अफ नेपालगञ्ज प्राप्ति सुवेदी, कलाकार विशेष भुजेल र रनवे मोडल सुप्रिया मल्ल ठकुरीको निर्णायक मण्डलले विजेताहरूको घोषणा गरेको थियो। यसैगरी, विभिन्न सब–टाइटल्सतर्फ सिरिस चौधरी ‘भ्युअर च्वाइस’ र अमृता थारु ‘अर्गनाइजर च्वाइस’ बनेका थिए।

अन्य उपाधि विजेताहरूमा बेस्ट वाकः आँशिका जिसी, बेस्ट फोटोजेनिक अमृता थारु, मोस्ट डिसिप्लिन सिरिस चौधरी, मोस्ट ट्यालेन्ट ऋतु योगी, मोस्ट ब्युटिफुल निलम बिष्ट, मोस्ट कन्फिडेन्ट स्मृत चौधरी, बेस्ट फिगर दिया शाही ठकुरी, बेस्ट स्किन कञ्चन पुन मगर, मोस्ट ह्यान्डसम गौरव विक, बेस्ट स्माइल रिहान अन्सारी, मोस्ट एक्टिभ आरुषी रोकाय, बेस्ट पर्सनालिटी सिम्रिका चौधरी, बेस्ट लुक अमृत केसी रहेका छन ।

कार्यक्रमको सञ्चालन मोडल सारची चौधरीले गरेकी थिइन् भने व्यवस्थापन सुर्ची चौधरीले गरेका थिए। इभेन्टको कोरियोग्राफी प्रासना बुढाथोकीले गरेकी थिइन्। मुख्य विजेताहरूले शारदा एजुकेसनबाट ३५ हजार बराबरको छात्रावृत्ति र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए।

प्रतिक्रिया