Listen LIVE

अजुई हाङ्ग राईले चुमे पहिलो शेफ नेपालको उपाधि

काठमाण्डौ : नेपालको पहिलो फुड रियालिटी शो ’शेफ नेपाल’को उपाधि अजुई हाङ्ग राईले चुमेका छन् ।

गएराति सम्पन्न ग्राण्ड फिनालेमा राई विजेता घोषणा गरिएको हो । राईसँगै अन्तिम तीन प्रतिष्पर्धीमा इङ्वा सुब्बा र विकेश श्रेष्ठ रहेका थिए ।  

जज (निर्णायक)मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका थिए ।

दुई वर्ष अघिदेखि तयारी गर्दै आएको यस शेफ नेपाल फुड रियालिटी शोमा एक सय प्रतियोगी छनोट गरिएको थियो ।  

अनलाइन आवेदनमार्फत १०० प्रतिस्पर्धि छनोट भई लाइभ अडिसन राउण्ड, इलिमिनेसन राउण्ड गर्दै उत्कृष्ट १६ प्रतिश्पर्धी छनोट भएका थिए । उत्कृष्ट १६बाट उत्कृष्ट ८ प्रतिष्पर्धी छानिएको थियो । त्यसपछि उनीहरूसँग प्रतिश्पर्धामा उत्कृष्ट हुँदै राई सेफ नेपालको विजेता बन्न सफल भएका हुन् ।

अब छिट्टै शोको सक्सेस पार्टी आयोजना गरि विजेतालाई पुरस्कार हस्तान्तरण गरिने शेफ नेपालका परिकल्पनाकार एवं क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए ।

सर्वसाधारणलाई समेत सहभागी गराएर शेफ नेपालको पहिलो सिजन सम्पन्न गरिएकोमा दोस्रो सिजनमा भने सेफहरूलाई सहभागी गराएर शेफ प्रोफेशनल शो गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया