Listen LIVE

नेपालगञ्ज वडा नं. ८ द्वारा ड्राइभिङ र बुटिक तालिम

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ कार्यालयको आयोजनामा मोटर ड्राइभिङ र बुटिक तालिम दिइएको छ । अध्यक्ष रजनीश बाजपेयीको सक्रियतामा वडाको २० जनालाई मोटर ड्राइभिङ र वडाका १० जाना महिलालाई बुटिक तालिम दिएर स्वारोजगार मुलुक अभियान सञ्चालन गरेको अध्यक्ष वाजपेईले बताए ।

वडा नं. ८ का रितिक ठाकुर, नितिन लखोटिया, सुबास गुप्ता, रोशन ठाकुर, वासीउल्ल शेख, सोनु साहु लगायत वडाका २० जनालाई बसपर्क नाजिक रहेको शुभ स्वस्तिक ड्राइभिङ स्कुलमा २० दिनको मोटर ड्राइभिङ तालिम गराएको हो ।

र वडाका १० जाना महिलाहरुलाई सिस्टर्स बुटिक एण्ड स्टिच ट्रेनिंग सेण्टरमा बुटिकको तालिम गराइएको छ ।

साथै भेरी प्राविधिक शिक्षालय (बीटीएस) नेपालगञ्जमा प्रवेश परीक्षा पास गरेका नेपालगञ्ज उपमहानागरपालिका वडा नं. ८ का विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने अध्यक्ष बाजपेयीले जानकारी दिए ।

अध्यक्ष बाजपेयीले समाजिकमा कार्य योगदान गर्दै आएका छन् ।

प्रतिक्रिया