नेपालगञ्ज : नेपालगञ्जस्थित
भुसाल ग्रुपले आफ्नो १०औं
वार्षिकोत्सव मनाएको छ । विगत १० वर्षदेखि ग्राहक वर्गको मागलाई आत्मसात गर्दै
आएको भुसाल ग्रुपले आफ्नो १०औं वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकका लागि
बम्पर योजना ल्याएको छ । भुसाल
ग्रुपले आफ्नो १०औं वार्षिकोत्सवका अवसरमा १०० जना ग्राहकलाई विशेष छुटको
अवसर प्रदान गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्राहक बर्गका लागि विभिन्न
सुबिधाहरु ल्याएको म्यानेजिङ डाइरेक्टर जिआर भुसालले जानकारी दिए ।
वार्षिकोत्सवका अवसरमा भुसाल ग्रुपले कुनैपनि
म्याट्रीक्स ब्राण्डको ढोकाहरुमा स्टिलको लक,
सम्पुर्ण स्टिलका फिटिङ्स सामानका साथै मिस्त्रीको ज्याला
निःशुल्क गरिएको जनाएको छ ।
त्यस्तै कुनैपनि अन्य ढोकाहरु खरिद गर्दा स्टिलका
फिटिङ्स निःशुल्क गर्नुका साथै भुसाल ग्रुपले मौकाको फाइदा लिन समयमै सम्पर्क गर्न
आग्रहसमेत गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार