Listen LIVE

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : बाबुराम भट्टराई

काठमाण्डौ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्।

बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन्। उनले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भुमिका खेल्नुपर्ने बताए। पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनः संरचना गर्नेमा आशंका रहेको बताए।

पुराना पार्टीहरूमा अझै पनि पुराना नेताहरूकै उकुसमुकुस रहेको बताए। आगामी दिनमा एउटा वृहत् खालको राजनीतिक पुनः संरचना हुनुपर्ने जरुरी देखिएको उल्लेख गरे। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहेका भट्टराईले २८ वर्ष भन्दा मुनिका युवाहरूले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव रहेको पनि जिकिर गरे। 

अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ। तर प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधि सभा विघटन गलत भएको बताउँदै आएका छन्।

प्रतिक्रिया