Listen LIVE

बर्दियामा बहुविवाहका फरार प्रतिवादी पक्राउ

बर्दिया : प्रहरीले बहुविवाहका एक प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाबाट ०८० साल मंसिर २९ गतेको फैसला आदेशले बहुविवाह मुद्दामा सजाय पाएका फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गुलरिया नगरपालिका–२ का जितु विकलाई जिल्ला अदालतले बहुविवाह गरेको अभियोगमा ३ वर्ष ४ महिना १४ दिन कैद र ३५ हजार जरिमानाको फैसला गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले बताए ।

फरार रहेका विकलाई उनकै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको उनले जनाए । पक्राउ गरेका विकलाई जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया